अमेरिकी सेनाको जहाज किन आयो काठमाडौं ?


काठमाडौं । अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अमेरिकी कूटनीतिज्ञलाई लिएर शुक्रबार बिहान एयर फोर्स काठमाडौं आएको हो । ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना)को जहाज काठमाडौं आएको थियो( त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले बताए ।

विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ । ‘अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ,’ स्रोतले भन्यो ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार १२:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ