होलीको रंगमा रंगियो मधेस : सद्भाव र आत्मियता साटासाट !


जनकपुरधाम । रङैरंङको पर्व फागू अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै शुक्रबार मधेसका जिल्लाहरुमा मनाइएको छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट मधेसका जिल्लामा होली मनाउने चलन छ ।

मधेसका जिल्लामा रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने चलन छ ।

जनकपुरधाममा भने होली शनिवार मनाइनेछ । १५ दिने मिथिला माध्यमिकी परिक्रममा आज विधिवत रुपमा समापन भएपछि भोली जनकपुरधाम क्षेत्रमा होली मनाउने बताइएको छ ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार २१:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ