वडाध्यक्ष यादवले बाँडे झुल र त्रिपाल, सिँचाईका लागि ७५ बोर्डिङ्ग जडान गराए


जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिका ५ का वडा अध्यक्ष मनोज कुमार यादवले गरिब विपन्न परिवारलाई झुल (मच्छरजाली) र त्रिपाल वितरण गरेका छन् ।

वडाध्यक्ष यादवले झाझपट्टी र सुन्दरपुरका १४५ जनालाई त्रिपाल वितरण गरेका हुन् । यस्तै जेष्ठ नागरिक, अपाङ्ग, र एकल महिला गरी ५ सय जनालाई झुल समेत बाँडिएको छ ।

वडाध्यक्ष यादवले सिँचाईका लागी ७५ थान बोर्डिङ्ग र १५४ थान चापाकल (पाईप) पनि जडान गराएका छन् । जनताको अपेक्षा पुरा गर्न आफू कुनै कसर बाँकी नरहेको र अगामी निर्वाचनमा जनताले मौका दिएपछि अझ विकासको लहर ल्याउने उनको भनाई छ ।

प्रकाशित : २०७८ चैत्र ५, शनिबार १०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ