नेपालमा चाइनिज कम्पनीको चमत्कारी विकास


सिरहा । नेपालको सडक विकास निर्माण कार्यक्रममा ठेक्का लिएका चाइनिज कम्पनी चाइना रेल्वे दोस्रो ब्युरो (CREGC)ले आफ्नो कार्य द्रुतगतिमा चमत्कारी पूर्वक अगाडि बढाएको छ ।

पूर्वपश्चिम राजमार्गको एक हिस्सा सिरहा जिल्लाको कामला नदिदेखि सप्तरी जिल्लाको कोशी नदि सम्मको चारलाईन विकास निर्माण कार्यको जिम्मा चाइना रेल्वे कम्पनीले लिएको हो । समथल भू-भागमा रहेको यो सडकको कुल लम्बाई ८६ किमि रहेको छ ।

चाइनिज आधुनिक प्रविधिकासाथ निर्माण कार्य धमाधम भइरहेको छ । आयोजना अन्तर्गत सहरी सडक खण्डको कुल लम्बाइ १८.७ किमी छ भने दुईतर्फी ६ लेनको सडक र सबग्रेडको चौडाइ ५० मिटर रहेको छ । यस्तै दुबैतर्फ चारलेनको उपग्रेडमा २४ मिटर चौडाइ रहेको छ भने नयाँ बन्ने पुलको चौडाई ११.६६ मिटर रह्नेछ । यसको डिजाइन गति ८० किमी प्रतिघन्टा रहेको छ ।

जम्मा पुलको संख्या ६६ वटा, १ हजार १ सय ८५ पाइल फाउन्डेसन, १ हजार ४६८ वटा फ्रेमयुक्त बक्स गर्डर, १६ वटा पाइप कल्भर्ट र २२१ वटा बक्स कल्भर्ट रहेका छन् । आयोजना सम्पन्न भएपछि नेपालको पुर्बपश्चिम राजमार्ग अन्तर्गत कमला कन्चन्पुर राजमार्ग खण्डकोको यातायात क्षमतामा उल्लेख्य सुधार हुनेछ । रुटका क्षेत्रहरूमा ट्राफिक अवस्था सुधार हुनेछ ।

वरपरका क्षेत्रहरूका जनसंख्या लाभन्वित हुनेछन् । अर्थतन्त्र, उद्योग र अन्य संरचनाहरूमा पनि उल्लेखनीय सुधार हुने देखिएको छ । यसबाट स्थानीय नागरिकहरु खुशी छन् । सिरहा लहान नगरपालिका १ मटियर्वाका नैनीलाला राम भन्छन्, दिनानुदिन सडकमा गाडीको संख्या बढ्दै गएको छ तर सडक बढेको थिएन ।

चाइनिज कम्पनीले चारलाईनको सडक निर्माण कार्यको ठेक्का पाएको छ । गतिमा काम भइरहेको देखिएको छ । स्थानीय सर्वसाधारणमा खुशी छ । यस्तै सप्तरी खड्क नगरपालिका ८ का बद्री सदा भन्छन्, सरकारले सडक विस्तार काम पहिलै गरिसक्नुपर्थ्यो ।

सडक दुर्घटनामा थुप्रैले अल्पआयुमै ज्यान गुमाए । ढिलै भएपनि सडक विस्तार भएको छ । अब सडक दुर्घटना पनि कम हुन्छ । चाइनिज कम्पनीले राम्रो काम गतिमा गरिरहेको छ । गाउँघरका गरिब दलित मजदुरहरुले रोजगार पनि पाएको छ । खुशी लागेको छ ।

पर्यावरणीय वातावरण तथा जनस्वास्थ्यलाई ख्यालगरी निर्माणस्थलमा धुलो व्यवस्थापनका लागि पर्याप्त ट्याङ्करहरुको प्रबन्ध रहेको कम्पनि आयोजनाका सुरक्षा तथा पर्यावरण विभाग प्रमुख कुन्जन कर्माचार्यले जानकारी दिएका छन् ।

साथै कम्पनीले रात्रीकालिन सवारी आवगमनमा सहज बनाउने उदेश्यले पर्याप्त सडक संकेतहरु समेत व्यवस्था गरिएको तथा थप सुरक्षा संकेतहरु समेत व्यवस्थापन गर्ने तयारी भईरहेको जानकारी दिए समेत जनाए । यस्तै आयोजनामा हजारौंको संख्यामा स्थानीयहरुले रोजगार समेत पाएको आयोजनाका कर्मचारी नवीन दुवाडीले जानकारीले समेत जानकारी दिए ।

प्रकाशित : २०७८ चैत्र ५, शनिबार १४:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ