नेपाल आइडल सिजन ४ को उपाधि भूपेन्द्रले जिते, ३० लाख रुपैँया र ट्रफी पाए


काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भूपेन्द्र थापा मगरले जितेका छन् ।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् । उनले ३० लाख रुपैँया र ट्रफी पाए ।

नेपाल आइडल सिजन ४ मा फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन् । उनले ५ लाख रुपैँया र ट्रफी पाए । सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन् । उनले ३ लाख रुपैँया र ट्रफी पाए ।

त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ ।

प्रकाशित : २०७८ चैत्र ५, शनिबार २२:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ