विमलेन्द्र निधीले भने- टिकट नपाए आवेशमा नआउनुहोला


जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेता तथा कार्यकर्तालाई एक्ताबद्ध भएर निर्वाचनको तयारी गर्न आग्रह गरेका छन् ।

बुधबार जनकपुरस्थित १४औँ महाधिवेशनमा निर्वाचित पदाधिकारी एवं सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एक्ताबद्ध भए बहुमत पालिकामा जित्न सकिने बताए ।

ूयसपालि कांग्रेसको पक्षमा निकै राम्रो वातावरण छ । कांग्रेसी एक्ताबद्ध भए देशको ७५३ स्थानीय तहमध्ये बहुमतमा कांग्रेस आउँछ- उनले भने- त्यसकारण म सबै साथीलाई आग्रह गर्छु, टिकट नपाए आवेशमा नआउनुहोला । टिकट पाएको साथीलाई सहयोग गर्नुहोला ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा टिकटका लागि फोन र भेटघाट गर्ने धेरै नेता आउने गरेको भन्दै उनले अकांक्षीलाई टिकट प्रक्रिायाअनुसार नै मिल्न बताए ।

टिकटका लागि इच्छा राख्नुहोला । त्यो सबैको अधिकार हो । तर पार्टीको विधान बाहिर नजानुहोला । अकांक्षीहरूले टिकटका लागि सँधै फोन गर्छन् । काठमाडौंसम्म भेटन आउँछन् । नेतालाई भेटेर, फोन गरेर टिकट मिल्दैन । वडा कमिटिबाट सिफारिस गराएर टिकट लिनुपर्छ ।

क्मयुनिस्ट पार्टीले दुई तिहाइको सरकार चलाउन नसकेको भन्दै उनले अब जनताले संविधान र लोकतन्त्र संस्थागत देशको भावी कांग्रेसको हातमा दिने दाबी गरे ।

प्रकाशित : २०७८ चैत्र ९, बुधबार २१:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ