पल शाह जेल चलान, म्यानेजर कृष्णसँग १ लाख धरौटी बुझाएर रिहा


काठमाडौं । एक नावालिग गायिकालाई बला- त्कार गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् ।

तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो । यस्तै मतियारको भूमिका निभाएको आरोप लागेका म्यानेजर कृष्ण जोशी १ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

तनहुँ जिल्ला अदालतको आदेशमा जोशीसँग १ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भनेको थियो । बला- त्कार आरोपमा जाहेरी परेपछि शाह गत फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गर्दै जिल्ला प्रहरी कार्यालय, तनहुँमा उपस्थित भएका थिए ।

तनहुँमा अनुसन्धान भइरहेका बेला नवलपरासी पूर्वमा समेत शाहले बला- त्कार गरेको भन्दै जाहेरी परेको थियो । दुवै घटनाको पीडित एउटै नावालिग थिइन् ।

१६ वर्षभन्दा कम उमेरकी नावालिगलाई बला- त्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म र मतियारको भूमिका निभाएको भन्दै जोशीलाई शाहको आधा सजाय माग दाबी गर्दै जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो ।

जोशीले बला- त्कार भएको थाहा पाउँदासमेत मिलाउन खोजेको भन्दै मतियार बनाएर मुद्दा दायर गरिएको थियो । बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए ।

बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेपछि अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको हो । यसअघि शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा समेत मुद्दा दर्ता भइसकेको छ ।

प्रकाशित : २०७८ चैत्र १०, बिहीबार २१:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ