सलमान खानको कन्सर्ट हेर्न मन्त्री आलेले किने ५ हजारको टिकट


काठमाडौं । पर्यटनमन्त्री प्रेम आले भारतीय अभिनेता सलमान खानको काठमाडौंमा हुने कन्सर्टमा सहभागी हुने भएका छन् ।

उनले ५ हजार रुपैयाँको टिकट खरिद गरेको आयोजक ओडीसी इन्टरनेसनलले जनाएको छ । ‘हामीले अनलाइन टिकट ओपन गरे लगत्तै पहिलो टिकट मन्त्रीज्यूले खरिद गर्नुभएको हो,’ कम्पनीका प्रमुख सुशान्त गुरुङले बताए ।

आउँदो १४ जेठमा सलमानले पहिलो पटक प्रस्तुति दिँदै छन् । दशरथ रंगशालामा हुने कन्सर्टमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ दरको टिकट राखिएको छ । मन्त्री आलेले सबैभन्दा सस्तो टिकट अनलाइनबाट खरिद गरेका हुन् ।

उनले केही दिनअघि सलमानसँग भर्चुअल कुराकानी पनि गरेका थिए । उनले आफू सलमानलाई नेपालको सगरमाथामा माउन्टेन फ्लाइट गराउने अफर पनि दिएका छन् ।

प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार २०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ