जनकपुरबाट हराएकी बच्चाको उद्धार, ५ जना पक्राउ,


जनकपुरधाम । जनकपुरधामबाट बेपत्ता भएको भनिएकी बालिकाको अप हरण भएको खुलेको छ । अप हरणमा परेकी ४ बर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

जनकपुरधाम १६ स्थित पुल्चोकबाट बिहीबार साँझ ४ वर्षीया सृष्टि मण्डल हराएकी थिइन् । उनको अप हरण गरेको पाइएको र शुक्रबार उद्धार गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नम्बर(८ बाट उद्धार गरिएको छ । अप हरण गर्ने व्यक्तिमध्येका एकजनाले आफ्नो दिदीको घरमा बालिकालाई राखेको पाइएको बस्नेतले बताए ।

बालिकाको खोजी गर्न धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेकै नेतृत्वमा टोली खटिएको थियो । ‘हामी बालिकाको उद्धार गरिसकेका छौं, बालिका पूर्ण रुपमा स्वस्थ्य छन्’ उनले भने, ‘प्रकृया पुर्‍याएर परिवारजनको जिम्मा लगाउनेछौं ।’

अप हरणकारीलाई नियन्त्रणमा लिने क्रममा ५ रा उण्ड ह वाई फा यर गर्नुपरेको प्रहरीले जनाएको छ । अप हरणकारी भाग्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिन फा यर गर्नुपरेको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले बताए ।

अप हरणकारीले रु १५ लाख फिरौती मागेको पाइएको बस्नेतले बताए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार २१:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ