सिके राउतका कार्यकर्ताले जसपा सचेतक साहको टाउको फोडे, गार्ड पनि घाइते


जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि जनमत पार्टीका कार्यकर्ताले आक्र मण गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साह ईश्वरपुर नगरपालिकाको युवा क्लव उद्घाटन कार्यक्रममा जाँदा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेका थिए ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा र जनमतका कार्यकर्ताबीच झ डप भएको थियो ।

जनमतका कार्यकर्ताको आक्र मणमा परी सांसद साहको टाउको फुटेको छ । उनलाई उपचारका लागि बयलबासस्थित अमृत हेल्थ केयरमा लगिएको छ ।

सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद साहका अंगरक्षक (सुरक्षा गार्ड) समेत घाईते भएका छन् । उनको पनि उपचार भइरहेको छ । घटनामा संलग्न कोही पनि पक्राउ पर्न सकेका छैन ।

प्रकाशित : २०७८ चैत्र १२, शनिबार ११:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ