यूवा नेता शाह ओलीको हातबाट टिका थापेर एमालेमा प्रवेश गर्ने


अजय मिश्र, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिका २ का युवा नेता कुनाल प्रताप शाह नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

चैत १४ मा नेकपा एमालेले कृष्णनगरमा पार्टी प्रवेश कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली सहभागी हुने बताइएको छ । ओलीले यूवा नेता शाहलाई पार्टीमा भित्र्याउने छन् ।

नेता शाहका हजुरबुबा डा. रूद्र प्रताप शाह नेपाली कांग्रेसको संस्थापक सदस्य थिए । बनारसमा नेपाली कांग्रेसको गठन हुदाँ उनको ठूलो भूमिका थियो ।

नेता शाहले बर्षौदेखि जनतालाई सुख दुःखमा सघाउदै आएकाले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा मेयरमा उम्मेदवारी दिने बताएका छन् ।

प्रकाशित : २०७८ चैत्र १२, शनिबार १२:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ