सन्दीप बने सर्वाधिक छिटो ५० विकेट लिने विश्वको दोस्रो खेलाडी


काठमाडौं । नपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

यस्तै उनी विश्वको सर्वाधिक छिटो ५० विकेट पुरा गर्ने दोस्रो खेलाडी बनेका छन् । सन्दीपले २२ खेलमा ५० विकेट लिएका छन् । यसअघि श्रीलंकाका अजन्था मेन्डीसले १९ खेलमा ५० विकेट पुरा गर्दै पहिलो खेलाडी बनेका थिए ।

घरेलु मैदानमा जारी पपुवा न्यूगिनि पीएनजीविरुद्धको खेलको १२.१ ओभरमा काल्र्स अमिनीको विकेट लिँदै ५० सन्दीपले ५० विकेट पुरा गरे ।

प्रकाशित : २०७८ चैत्र १२, शनिबार १६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ