मधेस : पुलबाटै खस्यो बस, ४ जनाको मृत्यू, २५ जना बढी यात्रु घाईते


जनकपुरधाम । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना बढी यात्रु घाइते भएका छन् ।

बीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना. ४ ख. ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृतकको नाम खुल्न सकेको छैन् । अन्य तीन दर्जन यात्रु घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको श व पोष्टमा र्टमका लागि जिल्ला अस्पताल मलगंवा पुर्‍याइएको छ । बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र १३, आईतवार १५:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ