क्यानडा ३६ वर्षपछि पहिलो पटक विश्वकपमा छनोट


काठमाडौं । क्यानडा ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको छ ।

आइतबारको खेलमा जमैकालाई ४–० ले हराउँदै क्यानडा यसै वर्ष कतारमा हुने विश्वकपको लागि छनोट भएको हो ।

क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे ।

विश्वकपमा छनोट भएपछि क्यानडावासीले खुसीयाली मनाइरहेका छन् ।

प्रकाशित : २०७८ चैत्र १४, सोमबार ०८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ