BREAKING: धनुषामा मोटरसाइकल दुर्घटना, ४ जनाको मृत्यु, एक जना घाइते


जनकपुरधाम । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ ।

सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिए ।

आफैं अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमा ५ जना घाइते भएका थिए । घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएपनि चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव रहेको डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा सबैला २ का १९ बर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । घाइतेको भनाइलाई मान्ने हो भने पाँचै जना सवार भएको मोटरसाइकल दुर्घटना भएको छ ।

प्रकाशित : २०७८ चैत्र १४, सोमबार २२:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ