इटहरीमा विस्फो’ट : २ जना घाइते, हिमाल सुरक्षा परिषद्को पर्चा भेटियो


इटहरी । इटहरीको नवजाग्रित टोलमा ब म विस्फो’ट हुँदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार राति दुई बजे भएको विस्फोटका कारण २२ वर्षका रविन थापा र २३ वर्षका शेरजंग गुरुङ घाइते भएका हुन् ।

थापाको विराटनगर आँखा अस्पताल र गुरुङको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

इटहरीका डिएसपी खगेन्द्र खड्काले घाइते दुवैको अवस्था सामान्य रहेको बताए । डिएसपी खड्काले थप अनुसन्धान आवश्यक भएको बताए ।

उनका अनुसार सो ठाउँमा ‘हिमाल सुरक्षा परिषद् नेपाल’को पर्चा भेटिएको छ ।

प्रकाशित : २०७८ चैत्र १५, मंगलवार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ