महोत्तरीका ३ जनप्रतिनिधिले पाए हिरो अफ द मधेशको उपाधि


महोत्तरी । महोत्तरीका ३ पालिकाका जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका छन ।

जिल्लाको बर्दिबास नगरपालिका, मटीहानी नगरपालिका र राम्गोपालपुर नगरपालिकाका ३ जना जनप्रतिनिधिहरुले हिरो अफ द मधेशको उपाधी पाएका हुन ।

उपाधी पाउनेहरुमा बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्की, मटीहानी नगरपालिकाका हरि प्रसाद मण्डल र रामगोपालपुर नगरपालिकाका उपप्रमुख सितादेवी साह रहेकी छन् ।

हिरो अफ द मधेश प्रतिष्ठानले गरेको एक सर्वेक्षणअनुसार आफ्ना स्थानिय तहमा भएका बिकाशका कामहरुमा उनिहरुको भुमिका अग्रणी रहेको बताइएको छ ।

हिरो अफ द मधेश प्रतिष्ठानका सदस्यहरुले दिएको मतलाई समेत आधार मान्दा जिल्लामा ३ जना जनप्रतिनिधि छानिएको उक्त संस्थाका संयोजक मोहन सिंहले जानकारी दिए ।
जनता समाचार

प्रकाशित : २०७८ चैत्र १५, मंगलवार १४:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ