मधेस : होलीकै दिन हराएका युवकको शव भेटियो


वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ घर भएका २१ वर्षीय यूवक रामा उपेन्द्र साहको शव फेला परेको छ ।

वीरगञ्ज १६ ईनर्वास्थित सिर्सिया नदीको किनारमा पुरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

साह ४ चैत अर्थात होलीको दिनदेखि हराएको भए पनि उनका बाबुले मंगलबार दिउँसो २ बजेतिर मात्रै जानकारी गराएका प्रहरीको भनाइ छ ।

साथीहरुसँग होली खेल्न गएको छोरा नफर्किएको भन्दै उजुरी गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो । मंगलबार नै प्रहरीलाई माटो माथि हड्डी देखिएको खबर आएपछि प्रहरी टोली पुगेर उत्खनन गरेको थियो ।

कसैले ह- त्या गरेर शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ । सडे गलेर किरा परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

‘सडे गलेको अबस्थामा शव बोरामा हालेर पुरिएको छ’, प्रहरी नायब उपरीक्षक खनालले भने, ‘४/५ दिनअघि नै ह- त्या भएको आशंकामा अनुसन्धान सुरु गरेका छौं ।’

प्रकाशित : २०७८ चैत्र १६, बुधबार ०६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ