मधेस : मोटरसाइकल चोरी गरेका यी चार यूवक पक्राउ


पर्सा । वीरगन्ज महानगरपालिकामा एउटा मोटरसाइकल चोरी भएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२५ बस्ने आकाश कुमार पटेल, दिपेन्द्र प्रसाद पटेल र सोही महानगरपालिका–२० बस्ने मनिर मियाँ अन्सारी रहेका छन् ।

चैत ४ गते राति वीरगन्ज महानगरपालिका २५ स्थित सडकमा पार्किङ गरी राखेको अवस्थामा दिनेश प्रसाद राउतको ना. ३४ प १९२८ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकलमा ना. २५ प १४६६ नम्बर प्लेट लगाइ चलाउँदै गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सो कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त मोटरसाइकल वीरगन्ज महानगरपालिका २० हरपतगञ्जबाट बरामद गर्नुका साथै सोही स्थानमा कागजपत्र नभएका अन्य ६ वटा मोटरसाइकल समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी वीरगन्ज महानगरपालिका–१ बस्ने सन्जु रामको प्रदेश २–०३–०१८ प ००१८ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोल्हवी नगरपालिका १ बस्ने २३ वर्षीय अच्छेलाल चौधरी रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।

प्रकाशित : २०७८ चैत्र १७, बिहीबार १३:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ