वीरगञ्जमा लोसपाको शक्ति प्रदर्शन, राजेन्द्र र महन्थ पनि सहभागी


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले वीरगञ्जमा शक्ति प्रर्दशन गर्दै ‘स्वभिमान यात्रा’ निकालेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा लोसपाले आफ्नो शक्ति प्रदर्शन गरेको हो । लोसपाका प्रभावशाली नेताहरु पार्टी त्यागेर अन्य दलमा जाने लहर चलेपछि लोसपा कमजोर बन्दै गएको टीकाटीप्पणि हुन थालेको छ ।

यसै टिप्पणीलाई चिर्न लोसपाले शीर्ष नेतलाई बोलाएर आफूहरु कमजोर नभएको सन्देश दिन खोजेको छ ।वीरगन्जको चिनी मिल आवास क्षेत्रबाट सयौंको संख्यामा चार पाङग्रे गाडी र मोटरसाइकलसहित निस्किएको र्‍यालीमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, केन्द्रीय नेताहरु राजेन्द्र महतो, अनिल झा र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए ।

लोसपाको र्‍याली नगर परिक्रमा गरेपछि नगरभागृहमा पुगेर स्वभिमान सभामा परिणत भएको थियो । सभालाइ पार्टीका चारै जना शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित : २०७८ चैत्र २०, आईतवार ०६:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ