Sad News: चट्याङ लागेर भलिबल खेलाडीको निधन


काठमाडौं । चट्याङ लागेर शनिवार राति एक खेलाडीको निधन भएको छ ।

चट्याङका कारण भलिबल खेलाडी ताप्लेजुङको सिरिजंघा गाउपालिका वडा २ आम्बेगुदिन लासाटोल निवासी २३ वर्षीय मुकेश भट्टराईको निधन भएको हो ।

राति करिब १० बजे तिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागेर र घाइते भएका भट्टराईलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याउना साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुकेश जिल्लामा भलिबल प्रतियोगिताका अब्बल खेलाडीको रुपमा चिनिन्थे । उनको निधनपछि गाउबासी शोकमा परेका छन् ।

प्रकाशित : २०७८ चैत्र २०, आईतवार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ