लहानका यी दुई यूवक पक्राउ, यतिधेरै सुई र ट्याबलेट बरामद


 

जयनाथ यादव, लहान । सशस्त्र प्रहरीले सिराहबाट प्रतिबन्धित लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवास महोत्तरीको स्क्वाड टोलीले सिराहको लाहान ठाँडी सडकखण्डबाट प्रतिबन्धित लागूऔषध सहित दुईजनालाई पक्राउ शनिबार गरेको हो ।

ठाडीबाट लाहान आउदै गरेको बिआर ३२ एडी २६२७ नम्बरको भारतीय मोटरसाईकलमा सवार व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा सिराहाको लाहान नगरपालिका वडा नम्बर २३ बस्ने बर्ष ३० का अजय सहनी र सोही स्थानका बर्ष २७ का शंकर सहनीलाई प्रतिबन्धित लागूऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २९९ एम्पुल नुर्फिन, २४० थाल प्रोमीथाईजीन हाइड्रक्लोराईड इन्जेक्सन र २८० एम्पुल डाईजेपाम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवास महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआईजी गणेश ठाडा मगरले जानकारी दिए ।

उनीहरुसँगै रहेका अन्य दुईजना लाहान नगरपालिका वडा नम्बर २३ का रंजित सहनी र बिहार १० का अर्जुन राम भने फरार भएको र उनीहरुको पनि खोजी भईरहेको जनाएको छ ।

बरामद गरिएको लागूऔषध र मोटरसाईकल सहित पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहाको जिम्मा लगाईने प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताए ।

प्रकाशित : २०७८ चैत्र २०, आईतवार १०:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ