निलम्बित प्रहरी जवान घरमै मृत भेटिए


मोरङ । विराटनगर महानगरपालिका ५ का एक प्रहरी जवान मृत फेला परेका छन् ।

२६ वर्षीय प्रहरी जवान जितविक्रम दाहाल घरमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार निलम्बित उनी झुण्डिएको अबस्थामा फेला परेका छन् ।

प्रवक्ता श्रेष्ठले आफन्तले आइतबार दाहाललाई घरअगाडिको भोगटेको रूखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेको जानकारी दिए । पछिल्लो समय दाहाल सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत थिए ।

दाहाललाई महिला बला- त्कारको प्रयास आरोपमा सुनसरी प्रहरीले मुद्दा चलाएको थियो । पुसमा प्रहरीले दाहाललाई निलम्बन समेत गरेको थियो ।

अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमै रहँदै आएका थिए । सो घटनापछि दाहालले मानसिक रोगको औषधि सेवन गर्दै आएको खुलेको छ ।

शवको विराटनगरस्थित कोसी अस्पतालमा पोस्टमार्टम गरिएको बताएका प्रवक्ता श्रेष्ठले दाहालको मृत्युबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : २०७८ चैत्र २०, आईतवार १७:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ