जगरनाथपुरकी उपाध्यक्ष खातुनले त्यागिन जसपा, माओवादीमा प्रवेश


वीरगञ्ज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बिस्मिलाह खातुन नेकपा माओवादी केन्द्रम प्रवेश गरेकी छन् ।

तत्कालिन सङ्घीय समाजवादी फाेरम नेपालबाट निर्वाचत खातनु आइतबार माओवादी केन्द्र प्रबेश गरेकी हुन् ।

उपाध्यक्ष खातुनसँगै उनकाे श्रीमान जसपाका पूर्व जिल्ला सह सचिव महमद सरिफ गद्दी, वडा सदस्य राजकिशाेर साह, सगिर मियाँ, कासिम मियाँ गद्दी, प्रभु राम, मुखलाल राउत गद्दी, अनारुल राउत गद्दी, सहिम मियाँ अन्सारी, हिरामन गद्दी, अशाबुन नेशा, झलनी शेख लगायतकाले पनि माओवादी केन्द्र प्[प्रवेश गरेका छन् ।

नव प्रदेशी सबै जनालाई बद्रीबासस्थित दिपक पार्टी प्यालेसमा आयाेजिक एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले गमछा ओढाएर र अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित : २०७८ चैत्र २१, सोमबार ०७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ