शौचालयको सेफ्टीट्यांकीमा भेटियो शव, सातजना पक्राउ


जनकपुरधाम । सर्लाहीमा शौचालयको सेफ्टीट्यांकीमा एक बालकको लाश भेटिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार बिहीबार बिहान मलंगवा नगरपालिका १२, गम्हरियास्थित जीतेन्द्र ठाकुरका १० वर्षीय छोरा आकाशको शव छिमेकी जगदीश ठाकुरको शौचालयको सेफ्टीट्यांकीमा भेटिएको हो । उनी चार दिनदेखि हराइरहेका थिए ।

गौतमका अनुसार आइतबार गाउँमा न्वारनको भोज खान गएका आकाश घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । ह- त्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी जगदीशलाई पक्राउ गरेको छ ।

जगदीशले घटना गरेको स्वीकार गरेपछि उनकै बयानका आधारमा प्रहरीले अरू ६ जनालाई समेत पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न एकजना अझै फरार छन् । बालकको लाश प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र २४, बिहीबार १७:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ