किन गोप्य राखियो हप्तामा दुई दिन बिदा दिने निर्णय ? यस्तो छ रहस्य


काठमाडौं । बिहीबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीहरुबाटै बाहिर आएको त्यो निर्णय शुक्रबार सार्वजनिक भने भएन ।

बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णय संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक गरे । तर, उनले सार्वजनिक गरेका निर्णयका २३ ओटा बुँदामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भने उल्लेख छैन ।

एक मन्त्रीका अनु्सार मन्त्रिपरिषदले शनिबार र आइतबार दुईदिन बिदा दिने निर्णय नीतिगत रुपमा मात्र भएकाले त्यसलाई सार्वजनिक नगरिएको हो । ‘शनिबार र आइतबार दुबैदिन बिदा दिएपछि शुक्रबारको आधा दिनको बिदा पनि कटौती गर्नुपर्यो । हप्तामै दुई दिन बिदा दिने भएपछि राष्ट्रिय बिदाको दिन पनि हिसाव गरेर कार्यान्वयन गराउनुपर्यो,’ ती मन्त्रीले भने ।

उनका अनुसार यी सबै कामका लागि उपयुक्त गृहकार्य र काम अघि बढाउनुपर्छ । त्यसैले हतारमा निर्णय सार्वजनिक नगरिएको हुन सक्छ । उनले दुई दिन बिदा दिने नीतिगत निर्णय भने भइसकेको स्पष्ट पारे ।

प्रकाशित : २०७८ चैत्र २५, शुक्रबार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ