औरही प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु


टुडेखोज, सिरहा । औरही गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु गरिएको छ । गाउँपालिकाको सहयोगमा डा. बिनोद यादवले केन्द्रमा विशेषज्ञ सेवा सुरु गरेका हुन् ।

औरही गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले डा. यादव शुक्रवारबाट विशेषज्ञ सेवा सुरु गरेका छन्। उनका अनुसार डा. यादवले शुक्रवार पहिलो दिन ७२ जना विरामीलाई सेवा प्रदान गर्नुभएको छ। उहाँ अब प्रत्येक शुक्रवार यहाँ आएर सेवा दिनुहुन्छ ।

विशेषज्ञ सेवा सुरु भएपछि उपचारका लागि बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ। अब स्वास्थ्य केन्द्रमै सबै रोगीले सहज रुपमा स्वास्थय सेवा पाउने बताइएको छ। अहिले दुई जना एमबिबिएस डाक्टर समेत स्वास्थ्य केन्द्रमा कार्यरत छन् ।

प्रकाशित : २०७८ चैत्र २६, शनिबार ०८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ