जसपाको शुद्धोधन गाउँ कमिटी विस्तार


बुटवल । जनता समाजवादी पार्टी (जसपा), नेपालको रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका कमिटी विस्तार भएको छ । गाउँपालिका कार्यसमितिको शुक्रबार बसेको बृहत बैठकले तौलेश्वर लोधको अध्यक्षतामा ७ सदस्यीय पदाधिकारीसति २५ सदस्यीय गाउँपालिका कमिटी विस्तार गरेको हो ।

बैठकले सोमनाथ पाण्डेय एवं हरि प्रसाद पाललाई उपाध्यक्षमा, तुलसीराम यादव सचिव, विपिन कुर्मी एवं सुमित्रा कहार सहसचिव तथा कञ्चन थारुलाई कोषाध्यक्षमा चयन गरेको छ । त्यसैगरी बैठकले रामजीत लोध, फौदार यादव, जित बहादुर घर्ती, सुमित्रा बिक, जयशंकर पाठक, बाबुराम पाल, राम बहादुर विक, पोलिन्द्र पटेललगायतलाई कार्यसमिति सदस्यमा चयन गरेको छ ।

बैठकले नेपाली काँग्रेस परित्याग गरी जसपा प्रवेश गर्नुभएका नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि भरथरी यादवको संयोजकत्वमा ५ सदस्यीय संरक्षक सल्लाहकार समितिसमेत गठन गरेको छ । गाउँकमिटी अध्यक्ष तौलेश्वर लोधको अध्यक्षता एवं पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीको प्रमु्ख आतिथ्यतामा सम्पन्न बैठकले आउँदो स्थानीय तह निर्वाचन लक्षिण रणनीतिहरु तय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कार्कीले जसपा नेपालले देशको भौगोलिक बनावट जस्तै तराई मधेशको समथर भूमिलाई आधार बनाएर पहाड हिमालको यात्रा गर्ने उद्देश्य राखेको बताउँदै यो मुलुकको भौगोलिक जस्तै भाषिक, जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई एउटै मालामा उनेर राष्ट्रिय एकता कायम गरी समृद्धि र उन्नति ल्याउनुनै जसपाको मूल लक्ष्य रहेको बताए ।

बैठककमा पार्टीका रुपन्देही जिल्ला अध्यक्ष पदम बिक, ऋषि पाठक, भरथरी यादव, सोमनाथ पाण्डेयलगायतले सम्बोधन गर्दै आगामी चुनावमा जसपा नेपालले शुद्धोधनमा विजयीको नयाँ इतिहास बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित : २०७८ चैत्र २६, शनिबार ११:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ