जसपा छाडेर औरही गाउँपालिकाकी उपाध्यक्ष सिता काँग्रेसमा प्रवेश


टुडेखोज, जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सिता यादव नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।

काँग्रेस जिल्ला सभापति रामचन्द्र यादवले गाउँपालिका उपाध्यक्ष यादवलाई फूलमाला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित उनी केहिदिन अगाडी पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् । आज उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

यो पटक पुन: उपाध्यक्षको टिकट नदिने भएपछि उनी जसपा छाडेकी स्रोतले जनायो । काँग्रेसले भने उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएर पार्टीमा ल्याएको छ ।

प्रकाशित : २०७८ चैत्र २६, शनिबार १८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ