मधेस आउँदै ओली : मेयरसहित मधेसवादी नेताहरू एमालेमा प्रवेश गर्ने


सर्लाही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मधेस आन्दोलनपछि पहिलोपटक सर्लाही सदरमुकाम मलंगवा जाने भएका छन् ।

मधेस आन्दोलनका बेला ओलीलाई मधेसवादी दलले निषेध गरेका थिए । मधेसवादी दलबाटै निर्वाचित मेयर र अन्य नेताहरूलाई पार्टी प्रवेश गराउन ओली वैशाख ३ गते मलंगवा जाने भएका छन् ।

वृहत आमसभाको तयारी भइरहेको र एक लाख मान्छे मलंगवामा एमालेले उतार्ने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले बताए ।

सोही कार्यक्रममा जिल्लाको कविलासी नगरपालिकाका मेयर कौशलकुमार यादव र अन्य नगर तथा गाउँपालिकाका जनप्रतिनिधिहरू एमाले प्रवेश गर्ने भएका छन् ।

यादव २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर निर्वाचित भएका थिए भने एमाले तेस्रो स्थानमा थियो ।हाल जसपामा रहेका यादव तत्कालीन मधेसी जनअधिकार फोरमको जिल्ला अध्यक्ष पनि थिए ।

एमाले राजमार्ग क्षेत्रबाट भित्र आफ्नो प्रभाव बनाउने क्रममा मेयर यादवसहित विभिन्न नगरपालिका र गाउँपालिकाका निर्वाचित तथा दोस्रो स्थानमा रहेकाहरुलाई वैशाख ३ गते पार्टी प्रवेश गराउने तयारीमा छ ।

प्रकाशित : २०७८ चैत्र २७, आईतवार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ