जनकपुरधामको मेयरमा एमालेले साहलाई उम्मेदवार बनाउने !


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन नेकपा एमालेले शिवशंकर साह (हिरा)को एकल नाम सिफारिस गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकामा २५ वटा वडा छन् । सबै वडाबाट साहकै एकल नाम मेयरका लागि सिफारिस भएको एमाले जनकपुरधाम नगर कमिटीका सचिव राजु साहले जानकारी दिए ।

साह नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्य छन् । जनकपुरधाम उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका अध्यक्षसमेत भइसकेका साहले जनकपुरधाममा राम्रो पक्कड बनाएका छन् ।

अघिल्लो चुनावमा एमालेबाट मेयरमा लक्ष्मीनारायण भगत उठेका थिए । निर्वाचनमा तेस्रो स्थानमा आएका भगत अहिले नेकपा एकिकृत समाजवादीमा छन् ।

प्रकाशित : २०७८ चैत्र २७, आईतवार १६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ