सर्लाहीमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जना घाइते


सर्लाही । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा सोमबार तीर्थयात्रीहरू चढेको बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार प्युठानको स्वर्गद्वारी तीर्थस्थल पुगेर फर्किँदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस फुलजोर चोकमा अनियन्त्रित भएर पल्टिएको छ ।

मोरङस्थित पारिश्रमिक सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई मन्दिर घुमाउन लगिएको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

बसका चालक, सहचालकसहित ३२ तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा चालकसहित २५ जना तीर्थयात्री घाइते भएको प्रहरीले जनाएको छ । अन्य ९ जना सकुशल रहेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते भएकालाई जनकपुर र बिराटनगर रेफर गरिएको छ भने अधिकांश घाइतेको लालबन्दीमै उपचार चलिरहेको छ ।

बस दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ । आँखामा गम्भीर चोट लागेका चालक उपचारको क्रममा रहे पनि प्रहरी सम्पर्कभन्दा बाहिर छन् ।

घाइतेहरुमध्ये चालक पत्ता लगाउने काम भइरहेको भन्दै प्रहरीले बसका मालिक सम्पर्कमा रहेको जनाएको छ ।

प्रकाशित : २०७८ चैत्र २८, सोमबार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ