चुनावमा सेना परिचालन हुने, राष्ट्रपति भण्डारीले दिइन् स्वीकृति


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० को स्थानीय चुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस र मन्त्रिपरिषद्को चैत २४ को सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृत दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विज्ञप्तिअनुसार निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालन गरिने भएको हो ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : २०७८ चैत्र २९, मंगलवार १७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ