बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनमत पार्टीबाट डा. यादव भिड्ने


जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्षमा जनमत पार्टीले डा. दिनेश यादवलाई उम्मेदवार बनाएका छन् ।

डाक्टरी पेशा छाडेर डा. यादव राजनीतिमा आएका हुन् । उनलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय भइसकेको जनमत पार्टीले जनाएको छ ।

बरियारपट्टी गाउँपालिका अध्यक्षमा गत निर्वाचनमा सन्तोष महतो विजयी भएका थिए । यो निर्वाचनमा जसपा, माओवादी केन्द्र, जनमत पार्टी लगायतका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित : २०७८ चैत्र ३०, बुधबार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ