मधेसका जिल्लाहरुमा आज यसरी मनाइँदैछ जुरशितल पर्व


जनकपुरधाम । मधेशका जिल्लाहरुमा आज जुरशितल पर्व मनाइँदैछ । नव वर्षको शुभआरम्भसंगै वैशाखको २ गते मधेश क्षेत्रमा जुरशितल मनाइन्छ ।

आजको दिन एकाबिहानै घरका जेष्ठ मान्यजन सदस्यले आफूभन्दा परिवारका साना सदस्यलाई शिरमा जल सिंचित गर्दै थपथपाएर आर्शिवाद दिने चलन छ ।आर्शिवादले गर्दा वर्षभरि नै शितलता, सुख, समृद्धि, शान्ति एवं दीर्घायु तथा उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।

आजका दिन रुख विरुवामा पनि पानी सिंचित गरिनुका साथै खेतबारीमा समेत मलजल गरिन्छ । सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहेको छ ।

जुर शितलमा जल सिंचित गर्दा आफुभन्दा सानाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्न सक्ने जनविश्वास छ । यो पर्वको अवसरमा मिथिलाञ्चल लगायत तराईका विभिन्न स्थानमा हिलोपानीमा कुस्ति खेल्ने गरिन्छ ।

आजको दिनमा अघिल्लो दिन नै पकाएको बासी भात चुल्हो देवतालाई चढाएर घर घरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुटेको र तारेको परिकार लगायत मिष्ठान्न परिकार पकाएर खाने चलन पनि छ ।

प्रकाशित : २०७९ बैशाख २, शुक्रबार ०७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ