पदक थाप्न राष्ट्रपति भवन जाँदा सन्तोष साहको पोशाक: दौरा सुरुवाल र गम्छा


काठमाडौं । बिबिसी मास्टरसेफका विजेता सेफ सन्तोष साहलाई सरकारले सम्मान गरेको छ ।

नेपाली परिकारलाई विश्वभर चिनाएका साहलाई सातौं संविधान दिवसको अवसरमा सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पदक हस्तान्तरण गरिन् ।

राष्ट्रपतिबाट पदक थाप्न राष्ट्रपति भवन जाँदा साह दौरा सुरुवाल र ढाका टोपी लगाएर गएका थिए । क्रिम रङको दौरामाथि खरानी रङको कोट लगाएका साहले घाँटीमा गम्छा भिरेका थिए । प्राय: मानिसहरूले दौरा सुरुवालमा गम्छा लगाउने गर्दैनन् ।

मधेसमा गम्छा लोकप्रिय छ । सिरहाका स्थायी वासिन्दा रहेका साह दौरा सुरुवाल र गम्छामा खुलेका थिए । सामाजिक सञ्जालमा साहले यो सम्मानका लागि सरकारलाई धन्यवाद दिएका छन् ।

सिरहाको कर्जन्हामा जन्मिएका साह १५ वर्षको उमेरमा इन्डियामा गएर शेफको रूपमा काम गर्दै होटल म्यानेजमेन्ट पढेका थिए । १० वर्ष पहिले उनी बेलायत गएका थिए । – सेतोपाटी

प्रकाशित : २०७९ बैशाख २, शुक्रबार १५:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ