मृत्यु भइसकेका गाउँपालिका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा चलाइयो


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष नवलसिंह रावलसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शुक्रवार दायर गरिएको मुद्दामा प्रतिवादी बनाइएकामध्ये गाउँपालिकाका अध्यक्ष रावलको मृत्यु भइसकेको छ।गाउँपालिका उपाध्यक्ष पुजा देवी बुढामगर, सबै वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेतलाई विपक्षी बनाइएको छ ।

नदीजन्य सामग्रीको उत्खनन र विक्री वितरणमा निर्माण व्यवसायी कम्पनी न्यु बडिमालिका निर्माण सेवा र गाउँपालिका पदाधिकारीबिच मिलेमतो भई भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

प्रकाशित : २०७९ बैशाख २, शुक्रबार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !