सिरहामा ब्राउन सुगरसहित युवक पक्राउ


सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका ६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले उनलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित : २०७९ बैशाख ४, आईतवार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ