औरही गाउँपालिका अध्यक्षमा जनमत पार्टीका संजय यादव भिड्ने पक्का


टुडेखोज, सिरहा । औरही गाउपालिका अध्यक्षमा जनमत पार्टीले संजय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि पंकज सिंह दनुवारलाई अध्यक्षको उम्मेदवार बनाउने चर्चा चलेको थियो । तर पार्टीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको बुझिएको छ । यादव जनमत पार्टीका केन्द्रीय सचिव हुन् ।

०७४ सालको निर्वाचनमा औरही गाउपालिकामा माओवादीका सिद्धार्थ यादव विजयी भएका थिए । यसवर्ष अहिलेसम्म माओवादी, नेपाली कांग्रेस, जसपा सहितका दलले अध्यक्षका आधिकारिक उम्मेदवार घोषणा गरेका छैन् ।

माओवादीबाट जीवछ यादव, जसपाबाट शिवजी यादव र कांग्रेसबाट सुभाष यादव अध्यक्षको टिकट पाउने चर्चा चलेको छ ।

प्रकाशित : २०७९ बैशाख ४, आईतवार १९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ