स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजपत्र चाहिन्छ ?


काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते देशभरि हुँदैछ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आवश्यक तयारी द्रूत गतिमा गरिरहेको छ ।

राजनीतिक दलहरु र आकांक्षी उम्मेदवारहरु पनि चुनावी अभियानमा होम्मिसकेका छन् । तर आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजात आवश्यक पर्छ ? निर्वाचन आयोगले यसबारे जानकारी दिएको छ ।

आयोगका अनुसार वडाअध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चार चिजको आवश्कता पर्ने उल्लेख गरेको छ । आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद चाहिन्छ ।

यस्तै दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवारीको स्वघोषणा आवश्यक पर्नेछ ।

प्रकाशित : २०७९ बैशाख ५, सोमबार १७:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ