पत्रकार यादव जसपा परित्याग गरी काँग्रेसमा प्रवेश


जनकपुरधाम । स्थानीय तहको निर्वाचन नजिकिएका बेला पत्रकार सुरेश यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

काँग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगानाले पत्रकार यादवलाई पार्टीमा भित्र्याएका हुन् । प्रेस मञ्च नेपालका मधेस प्रदेशका कार्यवाहक अध्यक्ष समेत रहेका यादव सबैला नगरपालिकाका मेयरका आकांक्षी थिए ।

एक दशक बढी राष्ट्रिय मिडियामा काम गरेका यादव सबैला नगरपालिकाको मेयरमा चुनाव लड्नकै लागि जसपामा प्रवेश गरेका थिए ।

बिना लेनदेन काँग्रेसमा प्रवेश गरेको यादवले बताए । उनले भने, ‘मेयरको टिकट विषयमा कुनै सहमती भएको छैन् । तर छलफल चलिरहेको छ ।’

प्रकाशित : २०७९ बैशाख ५, सोमबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ