जनकपुरधामको मेयरका उम्मेदवार साह लोसपा त्यागेर एमालेमा प्रवेश


जनकपुरधाम । जनकपुरधामको मेयरका आकांक्षी जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जनकपुरधाम वडा नम्बर ७ का वडाध्यक्ष समेत रहेका साह काठमाडौं पुगेर केपी ओलीको हातबाट टिका थापेर एमालेमा प्रवेश गरेका हुन् । लोसपाबाट जनकपुरधामको मेयरका लागि उनको नाम सिफारिस भएको थियो ।

तत्कालिन राजपाबाट वडाध्यक्षमा निर्वाचित उनी अहिले लोसपामा सक्रिय थिए । उनी मेयरमा चुनाव लड्नका लागि सम्पर्क कार्यालय समेत खोलेका छन् । तर टिकट पाउने अवस्था नदेखेपछि एमालेमा प्रवेश गरेको बुझिएको छ ।

नेकपा एमालेमा प्रवेश गरेपछि मेयरमा लड्ने कि नलड्ने विषयमा अहिले केहि बोलेका छैन । एमालेबाट शिवशंकर साह हिराको नाम मेयरका लागि सिफारिस भएको छ ।

प्रकाशित : २०७९ बैशाख ६, मंगलवार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ