मधेस राजनीतिमा ट्वीस्ट- मैथिली समाजका अध्यक्ष भगवान झाको टोली एमालेमा


काठमाडौं । धनुषालगायत मधेसका केही जिल्लाको राजनीतिमा निर्णायक प्रभाव राख्ने मैथिली ब्राह्मण समाजका अध्यक्ष भगवान झा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर मङ्गलवार साँझ अध्यक्ष झा एमालेमा प्रवेश गरेका हुन् ।उनीसँगै प्रसन्न कुमार झा र प्राध्यापक डा. विजय झा पनि एमालेमा प्रवेश गरेका छन् ।

मधेस प्रदेशमा प्रभावकारी सञ्जाल रहेको मैथिली ब्राह्मण समाजले धनुषामा वृहत् पार्टी प्रवेशको कार्यक्रम आयोजना गर्ने भएको छ । सञ्जालको २८ जिल्लामा संगठन रहेको झाले बताए ।

धनुषा,महोत्तरी र सर्लाहीमा बढी प्रभाव राख्ने सन्जलले महन्थ ठाकुरलई चुनाव जिताउन मुख्य भूमिका खेलेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल, मोति दुगड लगायतका नेता सहभागी थिए ।

प्रकाशित : २०७९ बैशाख ६, मंगलवार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ