औरही गाउँपालिका ४ को वडाध्यक्षमा जनमत पार्टीका देवनारायण यादव भिड्ने पक्का


टुडेखोज, सिरहा । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट औरही गाउँपालिका ४ को वडाध्यक्षमा देवनारायण यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको वडा कमिटीले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका नेता पंकज सिंह दनुवारले जानकारी दिए । यादव पार्टीका बरिस्ठ नेतृत्व मण्डलका केन्द्रिय सदस्य हुन् ।

५ वटा वडा रहेको औरहीका चार वटा वडामा कसलाई टिकट दिने निर्णय अहिले नभएको जनमत पार्टीले जनाएको छ । औरही गाउँपालिका अध्यक्षमा भने संजय यादव टिकट पाइसकेका छन् ।

प्रकाशित : २०७९ बैशाख ७, बुधबार १०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ