गोलबजारको मेयरमा पूर्वमन्त्री लीलानाथ श्रेष्ठको भाई भिड्ने


टुडेखोज, सिरहा । गोलबजार नगरपालिकाको मेयरका लागि नेकपा एमालेले श्याम श्रेष्ठको एकल नाम सिफारिस गरेको छ ।

पार्टीको नगर कमिटीको बुधवार बसेको बैठकले श्रेष्ठको नाम मेयरका लागि सिफारिस गरेको हो । मेयरमा सिफारिस भएका श्रेष्ठ पूर्व मन्त्री एवं नेकपा एमालेका नेता लीलानाथ श्रेष्ठका भाई हुन् ।

उनी २०७४ सालको स्थानीय निर्वाचनमा पनि गोलबजार नगरपालिकामा मेयरमा भिडेका थिए । माओवादी उम्मेदवार देवनाथ साहबाट पराजित भएका उनलाई फेरी एमालेले उम्मेदवार बनाएको छ। गोलबजार नगरपालिका ७ चोहर्वा घर भएका श्रेष्ठ पार्टीका जिल्ला उपसचिव समेत हुन् ।

यस्तै उपमेयर पदका लागि ३ जना उम्मेदवारको नाम समेत सिफारिस गरिएको एमाले नगर कमिटी अध्यक्ष राजकिशोर महतोले बताए । उनका अनुसार उपमेयर पदका लागि आशा लामा, मानती साह र मञ्जुदेवी साहको नाम सिफारिस भएको हो ।

प्रकाशित : २०७९ बैशाख ८, बिहीबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ