सप्तरी जिल्ला अदालतद्वारा इन्सपेक्टर पासवान र साह सम्मानित


राजविराज । सप्तरी जिल्ला अदालतले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दुई जना इन्सपेक्टर (प्रहरी निरिक्षक)लाई सम्मान गरेको छ ।

कैद र जरिवानाको लगत असूल फछर्यौट (फैसला कार्यान्वयन)मा देशभरमै उल्लेखनीय कार्य सम्पादन गरेको भन्दै जिल्ला अदालत सप्तरी (राजबिराज)ले ईलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत प्रहरी निरीक्षक विरेन्द्र पासवान र ईलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहलाई कदर-पत्र सहित सम्मान गरेका छन् ।

सप्तरी जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश चन्दमणी ज्ञावाली र श्रेस्तेदार कुमार मास्केद्वारा हस्ताक्षरित कदर-पत्रमा भनिएको छ, “विभिन्न अदालत र न्यायाधीशहरुको फैसला बमोजिम ठहर भएको कैद र जरिवाना असुल फछर्यौट (फैसला कार्यान्वयन ) का क्रम्मा देखाउनु भएको सक्रियता एवम् योगदानको उच्च मुल्यांकन गर्दै अदालत परिवारको तर्फबाट कदर-पत्र प्रदान गरिएको छ ।”

फैसमा कार्यान्वयनको क्रम्मा ०७७/७८ मा १ हजार १ सय ४४ जना फरार प्रतिवादी पक्राउ गरि देशमै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अदालतले प्रहरी निरीक्षकद्वय पासवान र साहलाई कदर-पत्र सहित सम्मान गरेको हो । उक्त अवधीमा ईलाका प्रहरी कार्यालयले मात्र ४ सय ५९ जना प्रतिवादीलाई पक्राउ गरि अदालतमा बुझाएको प्रहरी निरिक्षक पासवानले बताए ।

झन्डै १९ महिना कडरबोना बसाईको क्रममा मातहतमा रहेको चुनौतिको सामना गर्दै यस क्षेत्रको जनतालाई पुर्ण रुपमा शान्ति सुरक्षा प्रदान गरेको निरीक्षक पासवानले विश्वास व्यक्त गरे ।

उक्त अवधिमा प्रहरी मोस्टवान्टेड सुचिमा रहेका सिरियल किलर सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीय कुख्यात अपराधी गुल्जार मियाँ लगायतका प्रतिवादीलाई पक्राउ गर्न सफल भएको समेत प्रहरी निरीक्षक पासवानले बताए ।

प्रकाशित : २०७९ बैशाख ८, बिहीबार ०९:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ