सिराहामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


सिरहा । स्थानीय तह निर्वाचनका लागि सिराहामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सिराहा सदरमुकाममा रहेको कर्मचारी मिलन केन्द्रको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश प्रकाश खरेलले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको बताए ।

सिराहा जिल्लाका १७ वटै स्थानीय तहमा आजै निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना हुने उनले बताए। अहिले एक कार्यालयमा आठ जनशक्ति परिचालन हुने मुख्य निर्वाचन अधिकृत खरेलले जानकारी दिएका छन् ।

सिराहामा नौ गाउँपालिका र आठ नगरपालिका रहेका छन् ।

प्रकाशित : २०७९ बैशाख ८, बिहीबार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ