सिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव


जनकपुरधाम । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा एकिकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनी सकभर आजै सभामुखलाई राजिनामा बुझाउने स्रोतले जनाएको छ ।

मन्त्री पदबाट राजिनामा दिने विषयमा छलफल गरिरहेका उनले नेपाल प्रेसलाई बताए । उनले भने, ‘पार्टीले मेयरमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद छाड्न तयार छौं ।’

सिरहा नगरपालिकामा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र गठबन्धन गर्न तयार छन् । एकिकृत समाजवादीले मेयरमा यादवलाई सारेको छ । माओवादीले उपमेयरको टुंगो लगाउन सकेका छैन् ।

नेपाली कांग्रेसका नेताहरु पनि गठबन्धन गर्न सकारात्मक देखिएका छन् । तर जिल्लामा कांग्रेसको समानान्तर समिती छ । कांग्रेसमा देखिएको आन्तरिक कलहले गठन्धन गर्न समस्या भइरहेको सोही पार्टीका नेताहरु बताउछन् ।

यता, सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनाव लड्ने तयारी गरिरहेको छ । ०७४ को निर्वाचनमा मेयर जिताउन सफल जसपा अहिले पनि एक्लै अब्बल रहेको भन्दै गठबन्धन गर्ने पक्षमा छैन् । – नेपाल प्रेस

प्रकाशित : २०७९ बैशाख ९, शुक्रबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ