कांग्रेसमा विद्रोह : जनकपुर सभापति, कोषाध्यक्ष र सचिवले दिए राजीनामा


जनकपुरधाम । नेपाली काँग्रेस जनकपुरधाम उपमहानगर कमिटीका सभापति मनोज साहसहितका पदाधिकारीले आज सामूहिक राजीनामा दिएका छन् ।

जनकपुरधाममा पत्रकार सम्मेलन गरेर काँग्रेस उपमहानगर सभापति साह, सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव राजीनाको घोषणा गरेका हुन् ।

सत्ता गठबन्धनले गरेको भागबन्डामा जनकपुरधाम जसपाको भागमा परेपछि आक्रोशित बनेका उनीहरुले साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको बताएका छन् ।

पार्टीको उपमहानगर सभापति पदबाट राजीनामा दिएका साह मेयरका आकांक्षी थिए । उनले गठबन्धनको नाममा जनकपुरधाम जसपाले सुम्पेपछि पार्टीमा बस्ने अबस्था नरहेको बताए । तर नेतृत्वले अहिले पनि निर्णय सच्याए पार्टीमा फर्किने उनको भनाई थियो ।

प्रकाशित : २०७९ बैशाख ९, शुक्रबार १५:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ