Sad News: मधेसकी सांसद डिम्पल झाको निधन


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की मधेस प्रदेश सांसद डिम्पल झाको निधन भएको छ ।

रौतहट घर भएकी उनी लोसपा नेता तथा संघीय सांसद अनिल झाको श्रीमती हुन् । क्यान्सर पीडित उनको अल्पायूमै निधन भएको छ ।

झा मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास राज्य मन्त्री समेत बनेकी थिइन् । उनको निधनपछि मधेसवादी दलका नेताहरु सामाजिक संजालमा दु:ख व्यक्त गर्दै श्रद्धांजली दिएका छन् ।

प्रकाशित : २०७९ बैशाख ११, आईतवार ०७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ